साप्ताहिक संवाददाता
फाल्गुन २५, २०७४
प्रेममा घुक्र्याइँ चल्छ, धम्की चल्दैन । धम्काएर लाएको मायाको आयु छोटो हुन्छ ।
अधिकांश प्रेमिका प्रेमीले आफ्नो प्रशंसा गरोस् भन्ने चाहन्छन् ।
सामाजिक सञ्जालमा छताछुल्ल हुने गरी अभिव्यक्त गरिएको प्रेमले समाजमा आफ्नो प्रेमप्रति नकारात्मक अवधारणा सिर्जना गर्न सक्छ ।
प्रेमसम्बन्ध गोप्य रहेकै राम्रो, के थाहा कसैको आँखा लाग्यो भने ?
दिगो रहने प्रेम भनेको बाबुआमासँग मात्र हो, अरू खालको प्रेमको डोरी सानो कुराले पनि चुँडिन सक्छ ।
कसै समक्ष प्रेम प्रस्ताव राख्दा उनी आफू लायक छिन् भन्ने मूल्यांकन गरेर मात्र पुग्दैन, आफू उनको लायक छ कि छैन भन्ने ? आत्ममूल्यांककन पनि गर्नुपर्छ ।
प्रेममा उपहारभन्दा साथको आवश्यकता बढी हुन्छ ।