साप्ताहिक संवाददाता
दुई वर्षअघि छायांकन प्रारम्भ भए पनि शीर्षकका कारण विवादमा परेको चलचित्र गाजाबाजाको सार्वजनिक सार्वजनिक प्रदर्शन आज शुक्रबार प्रारम्भ हुने भएको छ ।
यसअघि गाँजाबाजा शीर्षक राखिए पनि गाँजालाई गाजा बनाइपछि मात्र यसले प्रदर्शनको अनुमति पाएको हो । सेन्सर बोर्डले यो चलचित्रलाई एडल्ट सर्टिफिकेट दिएको छ, जसअनुसार अब यो चलचित्र १६ वर्षभन्दा कम उमेरका दर्शकले हेर्न पाउनेछैनन् । सर्वोच्च अदालतबाट प्रदर्शनको आदेश पाएपछि मात्र यो चलचित्रले सिनेमा हलमा प्रवेश पाउन लागेको छ । सेन्सर बोर्डले चलचित्रमा प्रयोग गरिएका केही संवादलाई म्युट गर्दै एडल्ट सर्टिफिकेट दिएको हो । चलचित्रका निर्माता दीपेन्द्र रेग्मीले गाजाबाजाले सेन्सर पास गर्दा युद्ध नै जितेजस्तो लागेको प्रतिक्रिया दिएका छन् । कानुनी समस्याले गर्दा निर्माण युनिटले तनाव झेल्नुपरेको यो चलचित्रमा गाँजाका लागि मरिमेट्ने दुई युवाको एक दिनको कथालाई यथार्थ एवं हास्यशैलीमा प्रस्तुत गरिएको छ ।
निर्देशक : गणेशदेव पाण्डे
कलाकार : सुशील सिटौला, अनुपम शर्मा, वर्षा सिवाकोटी, रविन थापा, उद्धव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल आदि ।
संगीतकार : निख एण्ड जटा