साप्ताहिक संवाददाता
फाल्गुन २५, २०७४
तपाईं सारंगीको धुन सुन्न रुचाउनुहुन्छ ? ठमेलस्थित सारंगी रेस्टुराँले आज शुक्रवार सारंगी नाइट प्रस्तुत गर्दैछ । सारंगी र बाँसुरीको धुनमा यहाँ नृत्यसमेत हेर्न सकिन्छ । रेस्टुराँको रुफ टपमा बसेर सांगीतिक वातावरणमा रमाउने यो कार्यक्रमबाट उठेको रकम विभिन्न सामाजिक कार्यमा खर्चिने बताइएको छ ।
स्थान : सारंगी रेस्टुराँ, ठमेल
समय : साँझ ७ बजेदेखि १० बजेसम्म ।