साप्ताहिक संवाददाता
फाल्गुन २५, २०७४
स्ट्यान्ड अप कमेडीको रमाइलो वातावरणमा सहभागी हुन चाहनुहुन्छ ? ठमेलस्थित द बार बार ब्ल्याक सिपले आज शुक्रवार कमेडी नाइटको आयोजना गर्दैछ । युवा पुस्ताका आयुश श्रेष्ठ, अस्तित्व अधिकारी, फेडर इकेलार तथा रजिना श्रेष्ठ जस्ता कलाकारले प्रस्तुति दिनेछन् । यो कार्यक्रममा प्रवेश नि:शुल्क छ ।
स्थान : द बार बार ब्ल्याक सिप, ठमेल