फाल्गुन २६, २०७४
आगामी महिना रूसमा राष्ट्रपति निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले पुन: उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । निर्वाचनमा आफ्नो पक्षमा वातावरण बनाउन पुटिनले भित्री वस्त्र मात्र लगाएका महिला मोडलहरूलाई प्रचारप्रसारमा उतारेका छन् ।
भिडियो तथा पोस्टरमार्फत् मोडलहरूले चुनावमा पुटिनको पक्षमा मतदान गर्न आह्वान गरेका छन् । बहुराष्ट्रिय ग्ल्यामर म्यागजिन म्याक्सिमको रसिया संस्करणले उक्त ग्ल्यामरस प्रचारको जिम्मा लिएको छ । म्यागजिनका सम्पादकले उक्त कार्य सोझै भ्लादिमिर पुटिनले अराएको नभनी राष्ट्रपति कार्यालयले चुनाव प्रचार–प्रसारका लागि गर्न लागेको बताएका छन् ।