विश्व चलचित्रको सर्वोच्च एवार्ड ओस्कारको पछिल्लो संस्करणमा हलिउड चलचित्र ‘द सेप अफ वाटर’ ले सफलता हासिल गरेको छ । सर्वाधिक १३ विधामा मनोनीत उक्त चलचित्रले सर्वाधिक चारवटा एवार्ड जित्न सफल भएको थियो । सर्वोत्कृष्ट चलचित्रको सूचीमा मनोनीत भएका चलचित्र गेट आउट, लेडी बर्ड, थ्री बिलबोडर््स, आउटसाइड डबिइङ, मिजुरी तथा द सेफ द वाटरबीच कडा प्रतिस्पर्धा थियो । अन्तत: द सेफ द वाटरले ओस्कारको सबैभन्दा महत्वपूर्ण एवार्ड आफ्नो भागमा पार्यो ।
द सेप अफ वाटरका निर्देशक गुइलेर्मो डेल तोरोले यो वर्षको सर्वोत्कृष्ट निर्देशकको एवार्ड जिते । समारोहमा डार्केस्ट आवर चलचित्रका अभिनेता ओल्डम्यानले यो वर्षको सर्वोत्कृष्ट अभिनेताको एवार्ड जिते भने अभिनेत्री फान्सेस म्याकडोरमण्डले चलचित्र थ्री बीलबोर्ड्स आउटसाइड डबिइङका लागि सर्वोत्कृष्ट अभिनेत्रीको एवार्ड प्राप्त गरिन् ।
आइतबार राति हलिउडको डल्बी थिएटरमा आयोजित ९० औं संस्करणको ओस्कार एवार्डमा प्राविधिक तर्फका तीन विधा साउन्ड एडिटिङ, साउन्ड मिक्सिङ तथा फिल्म एडिटिङमा एवार्ड जित्दै चलचित्र डनकर्क दोस्रो सर्वाधिक एवार्ड जित्न सफल चलचित्र भयो । चिलीको ‘अ फेन्टास्टिक वुमन’ ले विदेशी भाषी चलचित्रतर्फको एवार्ड जित्यो । सिनेमाटोग्राफीको ओस्कार एवार्ड ‘ब्लेड रनर–२०४९’ का लागि रोजर ए डिकिन्सले जिते भने वर्षको उत्कृष्ट एनिमेटेड चलचित्र तथा एनिमेटेड सर्ट फिल्मको एवार्ड क्रमश: ‘कोको’ तथा ‘डियर बास्केटबल’ ले जिते । समारोहमा उत्कृष्ट डकुमेन्ट्रीतर्फको ओस्कार एवार्ड ‘इकारस’ ले जितेको थियो ।
थ्री बिलबोर्ड्सका साम रकवेल तथा आई टोन्याकी एलिसन जेनीले क्रमश: उत्कृष्ट सह–अभिनेता तथा सह–अभिनेत्रीको एवार्ड जित्न सफल भए ।