साप्ताहिक संवाददाता
फाल्गुन २७, २०७४
कब्जियतको समस्याबाट जोगिन प्रशस्त मात्रामा पानी पिउनुपर्छ । खाना खाएपछि जिराको धूलो खाए पाचन क्रिया ठीक रहन्छ ।
हरियो सागसब्जी, सलाद तथा रेशादार खानेकुरा खानुपर्छ ।
राति चाँडै सुतेर बिहान उठ्नासाथ तीन–चार गिलास मनतातो पानी पिउनुपर्छ ।
नियमित रूपमा व्यायाम गर्नुपर्छ ।
चिल्लो–पिरो तथा मसालेदार खाना तथा जंक फुड खानु हुँदैन ।