साप्ताहिक संवाददाता
सामान्य प्रशासनमन्त्री रहँदा लालबाबु पण्डितले चालेका कदमले प्रशस्त चर्चा बटुले । डिभी र पीआरधारी कर्मचारीहरूलाई कानुनी दायरामा ल्याएका मन्त्री पण्डितको धेरैले प्रशंसा समेत गरे । वाम गठबन्धन सरकारमा जनसंख्या तथा वातावरण मन्त्रालय सम्हालेपछि पण्डित अहिले फेरि चर्चामा छन् । पण्डितले एक वर्षभित्र राजधानीलाई माक्समुक्त बनाउने घोषणा गरेका छन् । गत साता मन्त्री पण्डितले साप्ताहिकलाई विशेष अन्तर्वार्ता दिएका थिए ।
लालबाबु पण्डितजी, महानगरपालिका र उपमहानगरपालिकामा बस्नेहरू मात्र मानिस हुन् र ? नगरपालिकामा बस्नेहरू होइनन् ?
सन्जित यादव
लालबाबु पण्डितको कदम सराहनीय छ । आफ्नो निर्णयमा अघि बढ्नुहोस् । तपाईंलाई सबैको साथ रहनेछ ।
नेत्र घिमिरे, म्याक्स जुलियन, रुद्र न्यौपाने, बद्री सिलवाल
लालबाबुको कुरा त ठीक हो तर नेपालमा धुँवा नफाल्ने गाडी नै छैनन् । कसरी समस्या समाधान गर्नुहुन्छ ?
कुलमान गिरी
सर्वोत्कृष्ट दृष्टिकोण । पण्डितजी, आफ्नो काममा अघि बढ्नुहोस् ।
प्रमिला बस्नेत
समृद्ध नेपाल बनाउने अभियानमा तपाईंको भूमिका कोसेढुङ्गा सावित होस् ।
राजेन्द्र केसी
गाडीले धूवाँ नफाले के फाल्छ त मन्त्रीज्यू ? कुरा सुन्दा पनि हाँसो उठ्छ ।
राजु श्रेष्ठ
भनेपछि अब सफा टेम्पो मात्र देख्न पाइने भयो ?
सुदर्शन अधिकारी
लालबाबुको निर्णय सही लाग्यो । धूलो–धूवाँ नभएपछि आधा रोग हट्छ ।
पद्यनाथ पौडेल
कुनै पनि व्यक्तिको देवत्वकरण उपयुक्त हँुदैन । लालबाबु पण्डित असल मनुष्य होलान् तर मिडियाले धेरै नै बढाइचढाइ गरेको देखियो । परिणाम नहेरी मूल्यांकन गर्नु अलि हतार हुन्छ कि ?
कृष्ण घिमिरे
लालबाबु पण्डित पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि रही देशका बारेमा सोच्ने कमै नेतामा पर्नुहुन्छ ।
नरेश खनाल ‘निशी’
काठमाडौंका मेयर र उपमेयरले ओलीसँग गफ मात्र गर्न सिकेका रहेछन् । लालबाबु पण्डितसँग काम पनि गर्न सिके हुन्थ्यो नि ।
भिलेन ब्रो
जनसंख्या तथा वातावरणमन्त्री माननीय लालबाबु पण्डित कुरा त निकै मीठा गर्नुहुन्छ तर उहाँले चलचित्र विकास बोर्डको वार्षिक साधारणसभाको प्रमुख अतिथि भएर बस्नु शोभनीय लागेन । त्यत्तिकै समय मन्त्रालयमा बसेर केही महत्वपूर्ण निर्णय गरेको भए हुन्थ्यो ।
कृष्णहरि वाग्ले
उता मधेसी नेताहरूलाई ‘हम है धर्तीपुत्र’ भन्दै धाक लगाउँदैमा ठिक्क छ । यता लालबाबु पण्डितले देशको मुहार फेर्न थालिसके ।
विश्वर सिंह राई
वन तथा वातावरण मन्त्रालय माओवादीको भागमा परेको समाचार आउने क्रममा एमालेका मन्त्री लालबाबु पण्डित भने एक वर्षमा काठमाडौंलाई मास्करहित बनाउँछु भन्दै छन् । के यसलाई गफै मान्नु अब ?
कसमस विश्वकर्मा
लालबाबु पण्डितजी हाम्रो आशा कर्कलाको पातमा जमेको शीतको थोपाजस्तो चाहिँ नहोस् ।
जीवन घिमिरे
मधेसी नेताहरूमध्ये अत्यन्तै इमानदार र निष्कलंक छवि भएका लालबाबु पण्डितलाई मन्त्रीका रूपमा पाउनु सुखद कुरा हो ।
केशव कोइराला