बलिउड अभिनेत्रीका रूपमा स्थापित भैसकेकी सनी लियोनलाई दर्शकहरूले अब सानो पर्दाको एउटा रमाइलो कार्यक्रममा देख्न पाउने छन् । सनीले अभिनेता राम कपुरसँग ‘कमेडी हाइ स्कुल’ शीर्षकको कार्यक्रममा भाग लिएकी हुन् । उक्त कार्यक्रमको दुई श्रृंखलाको छायांकन सम्पन्न भैसकेको छ ।
त्यसक्रममा सनीले राम कपुर उत्कृष्ट कलाकार भएको तथा उनमा राम्रो सेन्स अफ ह्युमर भएको प्रतिक्रिया दिएकी छिन् । राम कपुर उक्त कार्यक्रमका प्रस्तोता हुन् । सनीका अनुसार कमेडी हाई स्कुलका सबै कलाकारसंगको छायांकनको अनुभव रोमाञ्चक छ । छायांकनका क्रममा राम कपुरले आफूलाई निकै हँसाएको तथा उनको साथका कारण आफू छायांकनमा व्यस्त भएजस्तै नलागेको सनीको भनाइ छ । कपुरले पनि सनीसँग आफ्नो फिलोसफी मिल्ने बताएका छन् । ‘उनीसँग काम गरेपछि मात्र उनी कति असल व्यक्ति हुन् भन्ने कुरा थाहा भयो,’ कपुरको भनाइ छ । उक्त कार्यक्रममा गोपाल दत्त, परितोष त्रिपाठी, कृष्णा भट्ट, जसमीत भाटिया तथा दीपक दत्ता पनि सहभागी छन् । यो कार्यक्रम डिस्कभरी जितबाट प्रसारण हुनेछ ।