फाल्गुन २८, २०७४
संयुक्त अरब इमिरेट्स (युएई) सरकारले बहुविवाह गर्ने पुरुषलाई घर भत्ता दिने नयाँ कानुनको घोषणा गरेको छ ।
युएईमा महिलाहरूको जनसंख्या बढ्दै गएपछि पुरुषले बहुविवाह नगरे विवाह गर्ने पुरुष फेला पार्न कठिन हुँदै जाने कुरा खलिज टाइम्सले जनाएको छ । यस्तो अवस्थामा विकास मन्त्रीले कुनै पुरुषले बहुविवाह गर्छ भने उसलाई सरकारले बनाएको घरमा बस्न दिने घोषणा गरेका हुन् । युएई सरकारले एक जनासँग विवाह गर्नेलाई पनि घर भत्ताको सुविधा दिँदै आएको थियो भने दोस्रो विवाह गर्दा कान्छी श्रीमतीलाई कहाँ राख्ने भन्ने द्विविधा नहोस् भनेर प्रोत्साहनस्वरूप यो निर्णय गरिएको बताइएको छ ।