फाल्गुन २९, २०७४
क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा एथलेटिको म्याड्रिडविरुद्ध ४ वर्ष अघि गोल गरेपछि जर्सी खोलेको घटना विश्वका धेरै फुटबल प्रेमीको सम्झनामा छ । उक्त तस्बिरलाई फेरि ताजा बनाउने प्रयास गरेका छन् रोनाल्डोका जेठा छोरा क्रिष्टियानो जुनियरले ।
घरकै जिममा अभ्यास गरिरहेका जुनियरले बाबुको जस्तै पोज दिएर फोटो खिचाएका छन् र आफ्ना बुबा रोनाल्डोलाई सम्बोधन गर्दै भनेका छन्– म पनि तपार्इं जस्तै देखिन लागे । यसमा तपाईंको के विचार छ ?