साप्ताहिक संवाददाता
फाल्गुन ३०, २०७४
कीटनाशक एवं रसायनिक मल प्रयोग गरी उब्जाइएको तरकारीबाट टाढै रहनुपर्छ । सागसब्जीलाई आधा घण्टा पानीमा भिजाएर त्यसमा रहेको कीटनाशक औषधि कम गरी पकाउनुपर्छ ।
कम खाने तथा तीनपटक मुख्य आहार खानुको साटो ६ पटक खानु बढी लाभदायक हुन्छ । स्लिम हुन जे मन लाग्यो त्यही खानबाट जोगिनुपर्छ । आइरन, भिटामिन बी र सी, जिंक तथा भिटामिन ए युक्त पौष्टिक खाना खानुपर्छ । जंकफुडबाट टाढै रहनुपर्छ । फाइबरयुक्त खानाले पेटलाई सफा राख्छ र छालामा चमक प्रदान गर्छ । लौका, तरबुजा, काँक्रा, सागपात आदिमा पानीको मात्रा बढी हुन्छ ।