साप्ताहिक संवाददाता
झन्डै ४० वर्षअघिको कथामा आधारित चलचित्र पञ्चायत आज चैत २ गते शुक्रबारदेखि नेपालभरि ६० वटा चलचित्र हलमा एकसाथ प्रदर्शन हुँदैछ । यो चलचित्र पञ्चायती शासनका बेलाको एक गाउँको सामाजिक विषय र न्याय प्रणालीमा आधारित रहेको निर्माण टोलीको दाबी छ ।
चलचित्रमा देखाइएका दृश्य, संवाद र कलाकारले गरेको अभिनयले पञ्चायती शासनकालका घटनालाई जीवन्त बनाएको महसुस गर्न सकिन्छ । अभिनेत्री नीता ढुंगानाले यो चलचित्रलाई केही समयअघि अमेरिकामा आयोजित फिल्म फेस्टिभलमा लिएर गएकी थिइन् र त्यहाँ चलचित्रले विश्वका २ सय १६ चलचित्रलाई उछिनेर उत्कृष्ट एवार्ड पाएको थियो । अभिनेत्री नीता ढुंगाना आफैं पनि यो चलचित्रबाट उत्कृट अभिनेत्रीका रूपमा पुरस्कृत भएकी थिइन् । यो कारणले पनि पञ्चायत उत्कृष्ट चलचित्र बनेको निर्माण टिमको दाबी छ । निर्देशक शिवम अधिकारीले यो चलचित्रलाई नेपाली चलचित्र इतिहासमा अग्र्यानिक भन्न सकिने दाबी गरेका छन् ।
निर्देशक/लेखन : शिवम अधिकारी
निर्माता : गणेश गिरी, रवि अधिकारी
संगीतकार : टंक बुढाथोकी
कलाकार : सरोज खनाल, नीता ढुंगाना, जाहन्वी बस्नेत, रूपा राना, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ आदि ।