साप्ताहिक संवाददाता
चैत्र २, २०७४
आज शुक्रबारदेखि चलचित्र इन्काउन्टर गल्ली प्रदर्शन हुँदैछ । एनआर घिमिरेको निर्देशन रहेको यो चलचित्रको यसअघि पोस्टर र गीत सार्वजनिक गरिएको थियो । चलचित्र एक्सन जनराको भनिएको यो चलचित्र ५ वर्षअघि नै छायाँकन गरिएको भए पनि विभिन्न कारणले प्रदर्शन हुन सकेको थिएन । प्रचार–प्रसार बिनानै प्रदर्शन गरिन लागेको चलचित्रमा गजितको अभिनय प्रशंसायोग्य बताइएको छ । नेपाली समाजमा पछिल्लो समय वढ्दै गएको गुण्डागर्दीको विषयमा केन्द्रित यो चलचित्रको कथाले दर्शकहरूलाई चलचित्र हलसम्म तान्ने अपेक्षा गरिएको छ ।
निर्देशन : एनआर घिमिरे
कलाकार : गजित विष्ट, नवराज राउत, श्वेता भट्टराई, ध्रुव कोइराला ।
निर्माता : राजन चौलागार्इं