साप्ताहिक संवाददाता
नेपाल आइडलमा रहँदा गायिका सन्ध्या जोशीले धेरैको मन जितिन् । ख्याति प्राप्त यस आइडलको टप ९ बाट बाहिरिएपछि उनको ब्यस्तता बढिरह्यो । लामो समयपछि गायिका सन्ध्याले आफ्नो पहिलो गीत सार्वजनिक गरेकी छिन् । प्राय अरुका चर्चित गीतका कभर सङ गाएर युट्युबमा अपलोड गरेकी सन्ध्या जोशीको अब आफ्नै गीत सुन्न र हेर्न सकिने भएको छ ।
‘समय’ बोलको यस गीतमा शब्द र संगीत उनकै रहेको छ । संगीतमा सुरज जोशीले पनि उनलाई सघाएका छन् । तीन मिनेट ३२ सेकेन्डको यस भिडियोमा सन्ध्या आफैले अभिनय गरेकी छिन् । यस गीतलाई अजर जंगमले एरेन्ज गरेका हुन् ।
धनगढीकी २३ वर्षीया सन्ध्याले टिभी र एफएम सुनेर गीत गाउन सिकेकी हुन् । नेपाल आइडलमा काठमाडौंबाट अडिसन दिएकी सन्ध्या त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा जनस्वास्थ्य (पब्लिक हेल्थ) चौथो वर्षमा अध्ययनरत छिन् । आफ्नै नाममा रहेको सन्ध्या जोशी च्यानलमार्फत उनले यो भिडियो सार्वजनिक गरेकी हुन् ।
बाधा धेरै छनको म्यूजिक भिडियो :