साप्ताहिक संवाददाता
चलचित्रको प्रचारका लागि मोफसल यात्रामा निस्किएको चलचित्र ‘शत्रुगे’ टोली काठमाडौं फर्केको छ । राजधानी बाहिरका विभिन्न शहरमा चलचित्रको प्रचार सकेको यो चलचित्र अहिले कलाकार तथा गीतका कारण चर्चामा छ ।
चैत्र ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र यूनिटले दर्शकसँग प्रत्येक्ष भेटघाटका लागि मोफसल यात्रा तय गरेको थियो । फागुन २३ मा हेटौडाबाट सुरु भएको मोफसल यात्रामा निर्माता तथा कलाकार हरिवंश आचार्य, प्रस्तुतकर्ता किरण केसी, अभिनेत्री दीपाश्री निरौला, शिवहरि पौडेल, पल शाह र आँचल शर्माले सहभागीता जनाएका थिए । चलचित्रका कलाकारहरुले नारायणगढ, बुटवल, बिर्तामोड, दमक, इटहरी लगायतका शहरमा पुगेर चलचित्र प्रचार गरेका थिए ।
मह सञ्चारको ब्यनारमा निर्माण गरिएको चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् ।