साप्ताहिक संवाददाता
चैत्र ३, २०७४
वार्सटाइनर वियरले २ सय ६५ वर्ष लामो इतिहास बोकेको छ । जर्मनीको एउटा उद्योगले उत्पादन गर्ने यो बियर अब नेपालमै उत्पादन हुन थालेको छ । राजबहादुर शाहले नेपालमा यसको उत्पादन थालेका हुन् ।
जर्मनीमा उत्पादन हुने बियरभन्दा यसको स्वादमा कुनै कमी नहुने कम्पनीको दाबी छ । जर्मनीकै बियर जत्तिकै स्वाद र गुणस्तर कायम राख्न आवश्यक पदार्थ बाहिरबाटै मगाइएको कम्पनीसम्बद्ध व्यक्तिहरू बताउँछन् । वार्सटाइनर वियरको मूल्य प्रतिबोतल २ सय ९५ रुपैयाँ राखिएको छ ।