साप्ताहिक संवाददाता
चैत्र ५, २०७४
उत्तानो परेर सुत्ने, शरीरलाई डुंगाजस्तो बङ्ग्याउँदै हातलाई तिघ्रामाथि राख्ने ।
श्वास फेर्दै गर्दन, गोडा र हातलाई उठाएर शिर, हात अनि गोडालाई समानान्तर अवस्थामा पुर्याउने । त्यही स्थितिमा २५ देखि ३० सेकेन्डसम्म रहने ।
फाइदा
नाभी वरिपरिको भागलाई सबल एवं सुगठित बनाउँछ ।
पाचन प्रणाली बलियो हुन्छ ।
अनावश्यक बोसो घटाउँछ ।
यो आशनले सानो तथा ठूलो आन्द्राको राम्रो कसरत हुन्छ ।
गानो–गोला अर्थात् नाभी सर्ने समस्या ठीक हुन्छ ।
पेटसम्बन्धी धेरै समस्या निवारणमा सहयोग पुर्याउँछ ।