साप्ताहिक संवाददाता
पहिले भाग्यमा लेखिनुपर्छ अनि बल्ल कर्मअनुसारको फल पाइन्छ । यदि भाग्यमा छैन भने जतिसुकै परिश्रम गरे पनि विपरीत फल प्राप्त हुन्छ । कर्म नगरी फल पाइँदैन । भाग्यमा छ भनेर डोकोमा दूध दुहेर हँुदैन, तर भाग्यमा छैन भने सुनको ठेकीमा दूध दुहे पनि केहि हुनेवाला छैन ।
दिलीप पुन
परिश्रम ।
कमल विश्वकर्मा
केही भाग्यमा पनि हुनुपर्छ । परिश्रम गर्नु त छँदैछ । धेरै परिश्रम गर्ने सबै मानिस सफल भएका छैनन् । कतियय भने साधारण परिश्रम गरे पनि लखपति भएका छन् ।
कैलाश पर्वत
भाग्य भनेको हाइपोथेटिकल कुरा हो । यो नहुने कुराको कल्पना अनि आशावादी भएर बस्ने बहाना मात्र हो । परिश्रम गर्नु भनेको आफूले चाहेको कुरा पूरा गर्नु अर्थात् आफ्नो कल्पना साकार पार्नु हो । अब यीमध्ये को बलियो ? आफैं निर्णय गरे हुन्छ ।
रोहन राना
भाग्य कहाँ छ मैले कति खोजें, तर फेला पार्न सकिनँ । त्यसैले परिश्रम गर्दैछु । म त परिश्रमलाई ठूलो मान्ने मान्छे ।
फुच्ची साना
२८ वर्ष भयो त्यो चोथालेलाई पाउन परिश्रम गरेको, अहिलेसम्म बाल दिइन । भाग्य चाहिन्छ, भाग्य †
रविन क्षेत्री
यी दुवै कुरालाई बाग्मतीको ढलमा बगाइदिए हुन्छ । मुख्य हुनुपर्ने चिज भनेको प्रतिभा अर्थात् अपूर्व बुद्धि हो ।
रविन रेग्मी
जब हामी परिश्रम गर्छौं तब मात्र आफ्नो गुजारा गर्न सक्छौं । भाग्य आफंै बदलिन सक्छ । बिनापरिश्रम भाग्यको भरमा बस्ने हो भने भाग्य बलियो कि परिश्रम भन्ने कुराको जवाफ पनि हामी जीवित हुनेछैनौं ।
सुमन नेपाल
भाग्यले हुने भए शेरबहादुर देउवाको प्रधानमन्त्री पद चिप्लीन्थ्यो र ? ज्यातिषिले सातपल्ट प्रधानमन्त्री हुन्छौ भनेका थिए भाग्य हेरेर । भाग्यमा छ भन्दै डोकोमा दूध दुहेर हुन्छ ?
सन्तोष गौतम
परिश्रम ठूलो भएको भए त मजदुरी गर्नेहरू यतिबेला करोडपति भैसकेका हुन्थे । उनीहरूको भाग्य नभएर त होला नि । भाग्य छ भने त जताबाट पनि हुन्छ ।
अरुणा सेलिङ
भाग्य नै बलियो, परिश्रम त गधाले पनि गर्छ ।
विनोद गुरागार्इं
परिश्रम ।
विनोद गिरी
भाग्य भनेको के हो, थाहा छैन । आजसम्म त परिश्रमको बलमा बाँचिएको छ ।
सिर्जना राई
भाग्य नै ठूलो । परिश्रम नगरे पनि हामी नेपालीलाई खान पुगेकै छ । अमेरिकाका मानिसहरूलाई हेर्नु त, कम्ता परिश्रम गर्दैनन् र पनि एक दिन काम नगरे खान पाउँदैनन् ।
राजेश दिपेश
खै के बलियो भन्ने ? परिश्रम बलियो भनूँ, यत्रो जुनि सक्किन लाग्यो । परिश्रम गरेको गर्यै छ, तर फल शून्य । परिश्रम नगर्नेले लुटेको लुट्यै छ ।
अश्मि ठकुरी
दुवै ५०–५० प्रतिशत ।
मिङ्मा शेर्पा
अब आजको क्रिकेट हेरौं अनि भनौंला भाग्य ठूलो कि परिश्रम ?
चन्द्र गुरुङ
परिश्रम ।
बबिता थापामगर
भाग्य ।
रमा मगर राई
भाग्य छ भन्दैमा डोकोमा दूध दुहेर हुँदैन । त्यसैले ८५ प्रतिशत परिश्रम, १५ प्रतिशत भाग्य ।
ईश्वर शाही ठकुरी
पहिले त भाग्यमा हुनुपर्यो अनि परिश्रम ।
युरिकराज नेपाली
भाग्य बलियो भन्छु म । भाग्यमा छ भने मात्र परिश्रम गर्ने चाहना सिर्जना हुन्छ । अन्यथा परिश्रम गर्न पनि जाँगर चल्दैन ।
अजय महत