बलिउड अभिनेत्री लिसा हेडन आमा बनेको नौ महिना भयो । चलचित्रको अभिनयका साथै मोडलिङ तथा फेसनको क्षेत्रमा समेत नाम बनाइसकेकी यी अभिनेत्रीले डिनो लालवानीसँग विवाह गरेको केही वर्ष भयो । उनीहरू नौ महिनाअघि एउटा छोराको अभिभावक बनेका हुन् । उनीहरूले छोराको नाम ज्याक लालवानी राखेका छन् ।
आयशा, हाउसफुल–३ तथा क्विन जस्ता चलचित्रमा उत्कृष्ट अभिनय गरेकी लिसा आफ्नो शरीरलाई लिएर जहिले पनि सचेत मानिन्छिन् । आफ्नो व्यक्तिगत जीवनका बारेमा धेरै बोल्न नचाहने यी अभिनेत्रीले अहिले आमा बनेपछि भने गर्भवती भएदेखि आमा बनिसकेको अवस्थासम्मका कुरा सार्वजनिक गर्न थालेकी छिन् ।
यसबीच लिसाले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गरेकी छिन्, जसमा उनको शरीर निकै आकर्षक देखिएको छ । आफ्नो छोरा तथा आफ्नै शरीरलाई मात्र ध्यान दिइरहेकी यी अभिनेत्रीले चलचित्रको अभिनयका बारेमा भने कुनै योजना बनाइसकेकी छैनन् ।