साप्ताहिक संवाददाता
गत शनिबार सम्पन्न केटीएम रोरिङ गियर्स अर्थात् फस्र्ट अरेन्ज स्टन्ट च्याम्पियनसिप–२०१८ को विजेता भीम होना बनेका छन् । ललितपुरको सातदोबाटोस्थित स्वीमिङ पुल कम्प्लेक्समा सम्पन्न उक्त च्याम्पियनसिपमा राम सरदार फस्र्ट रनर्सअप एवं रमेश दुवाल सेकेन्ड रनर्सअप भए ।दर्शकको भीडबीच केटीएम मोटरसाइकललाई विभिन्न तरिकाले चलाउने अर्थात् स्टन्ट गर्ने उक्त प्रतियोगितामा नेपालका ८ स्टन्ट राइडरको सहभागिता थियो ।
उक्त कार्यक्रममा चर्चित स्टन्ट राइडर रोक बगारोजले समेत आफ्नो आकर्षक स्टन्ट देखाएका थिए । स्लोभेनियाका चर्चित स्टन्ट राइडर बगारोजको स्टन्ट देखेर सबै चकित भए । बगारोज केटीएम बाइकको अफिसियल राइडर समेत हुन् । उनी विभिन्न देश पुगेर केटीएम बाइकमार्फत स्टन्ट देखाउँछन् । बगारोज विश्वका विभिन्न देशमा भएका स्टन्ट राइड प्रतियोगिताका विजेता समेत हुन् ।
रोक बगारोज सुरुमा स्कुटरमा स्टन्ट गर्थे । उनले सन् २००९ मा हिउँमा स्कुटर स्टन्ट गरेर नयाँ कीर्तिमान कायम गरेका थिए । सन् २०१० मा फ्रान्समा भएको स्कुटर स्टन्ट प्रतियोगितामा उनले पहिलो स्थान हासिल गरेका थिए । त्यसपछि उनले बाइकमार्फत स्टन्ट गर्न थालेका हुन् ।
सन् २०११ मा हंगेरीमा भएको १२५ सीसी स्टन्ट प्रतियोगितामा उनी पहिलो भएका थिए । त्यसैगरी सन् २०१४ मा अष्ट्रियन स्टन्ट डेजमा भएको बेस्ट शोमा उनले तेस्रो स्थान हासिल गरेका थिए भने सन् २०१५ मा भएको अष्ट्रियन स्टन्ट डेजको लास्ट म्यान स्ट्यान्डिङमा पहिलो स्थान हासिल गरेका थिए । रोक बगारोजको यो स्टन्ट शो नेपालमा केटीएम बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले हो ।