साप्ताहिक संवाददाता
गायक दीपक लिम्बु आफ्नो छठौँ एल्वमको तयारीमा जुटेका छन् । पहिलो नेपाली तारा दीपक एकताका नेपाली चलचित्रका पाश्र्व गायनमा निक्कै सुनिन्थे । पछिल्लो केहि समय यता भने उनी विभिन्न देशमा सांगीतिक यात्रामा ब्यस्त छन् । क्यानडा, अमेरिका, ओमन, युकेलगायतका युरोपियन मुलुकमा आफ्नो सांगीतिक प्रस्तुती लिएर निस्किएका दीपक २०७५ सालका लागि पनि प्याक भैसकेका छन् ।
क्यानडा र अमेरिकाको सांगीतिक यात्रा सकेर स्वदेश फर्किएका दीपक अहिले आफ्नो एल्वमको तयारीमा जुटेका छन् । नेपाल फर्किएसँगै उनी चलचित्रका पाश्र्व गायनमा पनि उस्तै ब्यस्त भएका छन् । नेपाल आएको छोटो समयमा नै करिव ६/७ चलचित्रका गीत गाएको दीपक बताउँछन् ।
चलचित्रका गीतसँगै नयाँ वर्षमा आफ्ना स्रोता तथा दर्शकलाई नयाँ एल्वम पस्कने दीपक एल्वमका लागि पनि जुटिरहेका छन् । हाल एल्वमका गीत रेकर्डिङमा ब्यस्त दीपकले आउने एल्वममा थोरै तर सबै हिट हुने खालका गीत समावेश गर्ने बताएका छन् ।