साप्ताहिक संवाददाता
चैत्र ६, २०७४
अघिल्लो वर्ष काठमाडौंमा सम्पन्न एउटा सौन्दर्य प्रतियोगिताकी विजेता इच्छा कार्की अब चलचित्र अभिनेत्रीका रूपमा दर्शकमाझ आउने भएकी छिन् । प्यासिफिक इभेन्टले आयोजना गरेको पहिलो संस्करणको सुपर मोडल नेपालकी विजेता इच्छालाई निर्माता रोहित अधिकारीले चलचित्रमा ब्रेक दिएका हुन् ।
५ फिट ७ इन्च अग्ली यी सुन्दरी मेकअप आर्टिस्टका रूपमा समेत सक्रिय छिन् । सुपर मोडलको उपाधि जिते लगत्तै आफ्नै मेकअप स्टुडियो सञ्चालन गरिरहेकी इच्छाले यसै साता काठमाडौंमा घोषणा गरिएको चलचित्र द ब्रेकअपमार्फत रजतपटमा पदार्पण गर्न लागेकी हुन् ।
उक्त चलचित्रमा इच्छाले अभिनेता सलोन बस्नेतको जोडीका रूपमा अभिनय गर्नेछिन् । हेमराज बिसीले निर्देशन गर्ने यो चलचित्रमा आशिरमान देशराज जोशी तथा शिल्पा मास्के पनि मुख्य भूमिकामा रहने छन् ।