अभिनेता इरफान खान गम्भीर बिरामी भएको समाचार सार्वजनिक भएको छ । इरफानले केही दिनअघि आफूलाई एउटा दुर्लभ रोग लागेको, यद्यपि रोगका बारेमा सबै कुरा थाहा नभएको बताएका थिए । रोगका बारेमा सबै कुरा पत्ता लागेपछि आफैंले आफ्ना प्रशंसकहरूको जिज्ञासा शान्त पार्ने खान स्वयंले बताएका थिए ।
इरफानको उक्त भनाइपछि बलिउडमा मात्र होइन, उनका सम्पूर्ण प्रशंसकमाझ हलचल मच्चियो । कतिपयले त उनलाई ब्रेन ट्युमर भएको हल्लासमेत चलाए । यसबीच उक्त हल्ला गलत भएको इरफानका साथी कोमल नाहटाले बताएका छन् । केही दिनपछि नै इरफानले यस विषयमा जानकारी गराउने नाहटा बताउँछन् ।
यसबीच इरफानकी श्रीमती सुतापा सिकदरले इरफानलाई योद्धाको संज्ञा दिँदै उनी अहिले हरेक प्रकारका अप्ठ्यारासँग लडिरहेको उल्लेख गरेकी छिन् । सुतापाले प्रशंसकहरूलाई गलत कुराको पछाडि लाग्नुभन्दा इरफानका लागि प्रार्थना गर्न अनुरोध गरेकी छिन् ।