साप्ताहिक संवाददाता
नेपाली चलचित्र लेख्दा नै निर्माताले खर्चन सक्ने बजेटका आधारमा कथा लेख्नुपर्ने बाध्यता एउटा प्रमुख कारण हुन सक्छ । चलचित्र लेखकहरूले मौलिक सोचलाई भन्दा विदेशी चलचित्रको नक्कललाई प्राथमिकता दिनु अर्को कारण हुन सक्छ ।
महेश गोदार, नृत्य निर्देशक
सिर्जनालाई कम महत्व दिएर टेक्निकल चिजमा सीमित हुनाले ।
विमलेश अधिकारी, अभिनेता
हतार–हतार चलचित्रको कथावस्तु तयार पार्नु पर्ने दवावले पनि कथाहरु मजबुत नभएका हुन सक्छन् । यद्धपि पद्धिल्लो समय नेपाली चलचित्रका लोकेशन, कलाकारको अभिनय तथा प्रस्तुतीकरणमा निकै सुधार आउन थालेको छ ।
खुशी गुरुङ, इभेन्ट मेनेजर
राम्रो लेखकको कमि, समाजको राम्रो अध्ययन गर्न नसक्नु, लेखिएका कुरा पनि राम्रोसँग चित्रण हुन नसक्नु आदि कारणले चलचित्रको कथा मजबुत हुन नसकेको हो ।
प्रमोद भण्डारी, निर्देशक
कथा खोज्न अल्छी गर्ने अनि खोज–अनुसन्धान नगर्ने परिपाटीले गर्दा ।
राजु केसी, निर्देशक
कथाको विषयको सही परिभाषा अनि अर्थ नखोज्दा अनि गम्भीर अनुसन्धान नगरिने हुँदा चलचित्रको कथा मजबुत नभएको हो ।
वसन्त वित्यासी थापा, गीतकार
शिक्षाको कमी, ज्ञानको अभाव तथा दर्शकको चाहनाअनुरूप चल्न नसक्नु । यसमा नेपाली दर्शक पनि दोषी छन् । उनीहरू मौलिक नेपाली चलचित्र रुचाउँदैनन् तर साउथ इन्डियन वा कोरियन चलचित्रमा रमाउँछन् । हाम्रो मेकिङ र प्राविधिक पक्ष झन्डै भारतसरह पुग्न लागिसक्यो तर कथा–पटकथामा टिम एकै ठाउँमा बसेर गम्भीर छलफल गरी चलचित्र निर्माण गर्ने प्रयास नगरेसम्म स्वाहा मात्र हुनेछ, एकाध चलचित्रलाई छाडेर ।
सन्तोष भट्टराई, रेडियोकर्मी
राम्रोसँग अनुसन्धान नगरी कथा लेखिने हुनाले । यद्यपि मेहनत गरिएका कामको प्रशंसा पनि भएको छ ।
राजेन्द्र बजगाईं, संगीतकर्मी
हरेक क्षेत्रमा समयअनुसार आफूलाई बदल्न सक्ने (दक्ष र अनुभवी) मानिसहरू नै अघि बढ्छन् । परिष्कृत रूपमा आफूलाई प्रस्तुत गर्न सक्ने, अनुभवी मानिसहरूभन्दा विषयमा दख्खल तथा ज्ञान नभएका मानिसहरूको प्रवेशका कारण नै नेपाली चलचित्रको कथा मजबुत हुन नसकेको हो । राजबल्लभ कोइराला, अभिनेता
खै के हो, के हो ?
विनोदकुमार पौड्याल, चलचित्रकर्मी
चलचित्र बनाउने कुरा सोच्दा नै आफ्नोपन बिर्सिएर कुनै विदेशी चलचित्रको नक्कल गर्न खोजिएका कारणले हो कि ?
तुलसी पराजुली, गायक
नेपाली चलचित्रमा कलाकारदेखि प्राविधिक पक्षसम्ममा लाखौं खर्च गरिन्छ, तर चलचित्रको मेरुदण्ड कथा अनि स्कृप्टमा खर्च गर्न भनेपछि निर्देशक अनि निर्माताको पसिना छुट्छ । हुन त क्रिएटिभीसँग पैसालाई तौलिनु हुँदैन तर कथाकारलाई राम्रै पैसा दियो भने उसले आफ्नो समय क्रिएटिभिटीमा खर्चिन्छ र राम्रो चिज बाहिर आउँछ ।
सशान कँडेल, गायक
गहन अध्ययन नगर्नु । विषयवस्तुका स–साना व्यवहारिक कुरामा ध्यान नपुर्याउनु । हतारमा कथा लेख्नु, पटकथा लेखनमा कमजोरी, नेपालीहरू चलचित्रको कथा लेख्ने विधामा अब्बल नहुनु ।
लक्ष्मी गिरी, डिजाइनर
निर्माताहरूको आफ्नै व्यथाहरू भएर पनि हुनसक्छ अथवा लेखकको अध्ययन र अनुभव कम भएकाले पनि हुनसक्छ । यद्यपि नेपाली चलचित्र क्षेत्रले आजभोलि कथा–पटकथाको गुणस्तर कायम गर्न थालेको छ, जसले भविष्यमा चलचित्र क्षेत्र अझ मजबुत हुने कुरामा आशावादी हुन सकिन्छ ।
सिर्जना गुरुङ, गायिका
सक्कलभन्दा नक्कल सजिलो भएर होला ।
राजु सिंह, संगीतकार
सबैलाई आफ्नै सिर्जना राम्रो लाग्छ । कथाकारले पनि आफूलाई राम्रो लागेरै पर्दामा उतार्नु हुन्छ होला । मलाई नेपाली चलचित्रको कथा नराम्रो जस्तो लाग्दैन, यद्यपि पटकथामा ध्यान दिन सकेको खण्डमा चलचित्र राम्रो हुन्छ ।
रोशन गुरुङ, गायक
मेरो विचारमा चलचित्रले नयाँ र राम्रो कथाको खोजी नगरेकाले नेपाली चलचित्रको कथा मजबुत हुन नसकेको जस्तो लाग्छ ।
जोगिन्दर पानवाला
अभिनेता शायद हामी नयाँ विषयवस्तुमा काम गर्न डराउँछौं । एउटा चलचित्र हिट भयो भने त्यही चलचित्रको विषयवस्तुकै पछाडि दौडिन्छौं ।
अर्जुन अधिकारी, निर्देशक
आफ्नो मौलिक कथामा चलचित्र बनाउन डराउने अनि दक्षिण भारत तथा कोरियन चलचित्रबाट प्रभावित भएर चलचित्र निर्माण गर्ने होडबाजी चलेकाले यस्तो भएको हो ।
रक्षा सिंह राणा, भिजुअल एडिटर
मनका लागि नभै आँखाका लागि चलचित्र बन्ने परम्परा हावी भएकाले यस्तो भएको हो ।
आलोकश्री, संगीतकार