सलमान खान र दबंग–३ बीच निकै गहिरो सम्बन्ध छ । सलमानको करियरमा दबंग चलचित्रले ठूलो भूमिका निर्वाह गरेको छ । दबंग–३ तथा दबंग–२ लाई दर्शकले अत्यन्त रुचाए । दबंग–३ का अघिल्ला दुई श्रृंखला अत्यधिक सफल भएकै कारण दर्शकहरूमा तेस्रो सिक्वेलको प्रतीक्षा छ ।
यसबीच सलमानले दबङ्ग–३ का लागि निर्देशक तय गरेका छन् । केही वर्षअघि आफ्नो अभिनय करियर धरमराउन लागेको बेला ‘वान्टेड’ जस्तो सफल चलचित्र बनाइदिने निर्देशक प्रभु देवालाई सलमानले दबंग–३ को निर्देशनको जिम्मेवारी सुम्पिएको बताइन्छ ।
यसअघि अनुराग कश्पयले दबंग तथा अरबाज खानले दबंग–२ को निर्देशन गरेका थिए । निर्देशकका रूपमा अनुबन्ध भएलगत्तै प्रभु देवाले पनि यो नयाँ चलचित्रमा चुलबुल पाण्डेलाई चुलबुले भूमिकामै प्रस्तुत गर्ने तयारी भैरहेको बताउँदै अभिनेत्रीमा पनि सोनाक्षी सिन्हा नै दोहोरिन सक्ने जानकारी दिएका छन् ।