साप्ताहिक संवाददाता
चैत्र ८, २०७४
नायक विपिन कार्की आफूले छनौट गरेर मात्र चलचित्रमा अभिनय गर्ने कुरा बताउँछन् । पोखराको आफ्नो पछिल्लो भ्रमणका क्रममा कार्कीले लगभग १ सय ५० चलचित्र अस्वीकार गरेको दाबी गरे ।
आफूले गर्न सक्नेजति अभिनय नगरेको बताउने कार्कीले चलचित्र लालपुर्जामा आफ्नो ५० प्रतिशत क्षमता मात्र देखाउन सकेको कुरा बताए । म यो चलचित्रमा काम गर्ने कि नगर्ने भन्ने दोधारमा थिएँ ।
पछि मलाई अर्कै भूमिका दिइयो भने मैले त्यसको तयारीसमेत गर्न पाइनँ । यदि सबै तयारी गर्न पाएको भए ९० प्रतिशतसम्म रिजल्ट दिन सक्थे । विपिनले अहिलेसम्म आफ्नो पूरै क्षमता देखाउन पाउने चलचित्र फेला पार्न नसकेको दाबीसमेत गरेका छन् ।