साप्ताहिक संवाददाता
चैत्र ८, २०७४
जी एण्ड जी प्रोडक्सनले नयाँ ‘ज्योतिष हाउगुजीनेस’ नामक सर्ट फिल्म यूटुव मार्फत् रिलिज गरेको छ । मोफसलमा रहेर पनि चलचित्रको क्षेत्रमा त्रियाशिल यूवा अनोज गौतम र सुजन दाहालले एक पछि अर्को गर्दै सर्ट फिल्मको निर्माण गरिरहेका छन् । समाजमा रहेका विकृति विसंगतीलाई जस्ताको त्यस्तै चलचित्रमा उतार्ने काम गरेका छन् ।
यो समुहले यस अधि ‘ल्याङल्याङे देउसी’ र ‘बेरोगारी लभ’ जस्ता रुचाइएका सर्ट फिल्म निर्माण गरेका थिए । लचित्र निर्माणको क्षेत्रमा विशेष अभिरुची र लगाव रहेका गौतम चलचित्रको क्षेत्रमा कार्य गर्न चुनौति धेरै रहेको थाहा हुँदाहुँदै पनि भविष्यमा केही गरौ भन्ने उदेश्यका साथ लागि रहेको बताउँछन् ।
‘ज्योतिष हाउगुजीनेस’मा बर्षा न्यौपाने, सम्झना आचार्य, सविन चौधरी, केशव रिजाल र रविन पोखरेलले अभिनय गरेका छन् ।
ज्योतिष हाउगुजीनेस :