साप्ताहिक संवाददाता
चैत्र ८, २०७४
कान्तिपुर आइडलको उपाधि उपेन्द्र सहयात्री राई र सलोनी मल्लले चुमेका छन् । सनराज इन्टर टेन्ट्मेन्ट प्रा. लि. को आयोजनामा भएको कान्तिपुर आइडल खुल्ला गायन तथा नृत्य प्रतियोगीतामा उनीहरुले उपाधि चुमेका हुन् ।
गायन तर्फ फस्र्ट रनरअप समिर खरेल र सेकेन्ड रनरअप अभिषेक पोख्रेल तथा नृत्य तर्फ फस्र्ट रनरअप आर्या सुबेदी र सेकेन्ड रनरअप गणेश श्रेष्ठ भएका छन् ।
चैत्र ६ गते नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रममा गायन तर्फ निर्णायकमा राज सिग्देल र राजेन्द्र कमल राई रहेका थिए ।
युवा, युवतीहरुको प्रतिभा निखार्दै उनीहरुको भबिष्य निर्माणमा महत्वपुर्ण योगदान पुर्याउने उद्देश्यले प्रतियोगीताको आयोजना गरिएको आयोजकको भनाई छ ।