साप्ताहिक संवाददाता
प्रेम गर्नेहरूले आफ्नो ब्रेन पनि लगाउन बिर्सनु हुँदैन । अचेलको प्रेममा मनले मात्र सबै निर्णय गर्न सक्दैन ।
प्रेमलाई पैसा र सुख–सयलसँग तुलना गर्नु हुँदैन ।
बनावटी लाइफ स्टाइलले पनि प्रेमलाई दीर्घायु बन्नबाट रोकिरहेको हुन्छ ।
एक–अर्काको बाहिरी सुन्दरता तथा सांसारिक कुराबाट आकर्षित हुनुभन्दा पनि मनबाट बनाइएको सम्बन्ध दीर्घ हुन्छ ।
प्रेममा एक–अर्काको काम अथवा विचारलाई समर्थन गर्न सक्नुपर्छ ।
प्रेमी–प्रेमिकाले स–साना कुरामा पनि उत्प्रेरित गर्ने तथा प्रेरणा दिने काम गरिरहनुपर्छ ।
जीवनमा आउने उतारचढावका क्रममा निरन्तर सहयोग तथा सल्लाह दिइरहनुपर्छ ।
प्रेमी–प्रेमिकाले एक–अर्कालाई सुखमा भन्दा दु:खमा साथ दिने प्रयास गर्नुपर्छ ।
घुम्न जाँदा रिसाउने, झगडा गर्ने जस्ता काम गरेर समय बर्वाद गर्नु हुँदैन ।
यो भएन र त्यो भएन भनेर गल्ती मात्र औंल्याइरहनु हुँदैन ।