साप्ताहिक संवाददाता
साप्ताहिकको गत अंकमा ‘मंगल होस्’ स्तम्भमा मनोज गजुरेलले ‘बुद्धको जन्म नेपालमा भएको हो तर...’ शीर्षकको लेख लेखेका थिए । सामाजिक सञ्जालमा उक्त लेखलाई लिएर विभिन्न खालका प्रतिक्रिया प्राप्त भए ।
बुद्धको जन्मलाई लिएर मात्र होइन, हामीले बुद्धको नाममा पनि ठूलो व्यापार गरेका छौं ।
गुरुप्रसाद
धेरै राम्रो लेख । सलाम छ मनोजजी †
भगवान पोखरेल
विश्वलाई थाहा छ, बुद्ध नेपालमै जन्मिएका हुन् । सत्य तीतो लाग्न सक्छ । हामीले भन्दा बढी संख्यामा कसैले बुद्धका बारेमा कार्यक्रम गरेर बुद्धको जन्मथलोका सम्बन्धमा भ्रम फैलायो भने के त्यो सही हुन्छ ? तसर्थ बुद्ध जन्मिएको कुरामा विवाद होइन, बरु बुद्धका बारेमा प्रचार–प्रसार गरौं ।
ओमकुमार थापा
ठीक कुरा हो, यद्यपि बुद्ध जन्मस्थलका बारेमा भारतले मात्र होइन, अरू देशले पनि नचाहिने कुरा नगरून् भनेर खबरदारी गरिरहनुपर्छ ।
असितमान
कुलदेउता छाडेर वनदेउतालाई मन्साएको फल हो यो । आज आफ्नो धर्म छाडेर पश्चिमी मुलुकको सिको गरेकैले मौलिक चिजहरू दुर्लभ हुन पुगेका छन् ।
मिलन
भ्रम त आफ्नै देशमा छ । अन्तको त के कुरा गर्नु ?
दावा
बुद्ध नेपालमा जन्मिएका हुन्, संसारकै सबैभन्दा अग्लो हिमाल नेपालमा छ र नेपालले एक दिवसीय क्रिकेट टिमको मान्यता पायो भनेर संसारभरिका मानिसलाई थाहा छ ।
साना
घरीघरी त दिक्क लाग्ने, बुद्ध नेपालमा जन्मिएका हुन् भन्नलाई जनसागर उर्लिनुपर्ने ? कहिले सीताजी नेपालकी छोरी हुन् भनेर जन्मदर्ता नै देखाउनुपर्ने ? बुद्धले ज्ञानको खोजीमा भारतको जंगल नै छिर्नुपर्ने ? हाम्रो देशमा जंगलको कमी रहेछ ? सिताजीले विवाह गर्न भारतका राम नै किन रोजेकी होलिन् ? के नेपालमा राम नभएरै हुन् ?
सविता कट्टेल
बुद्ध मात्र त्यस्ता व्यक्ति हुन्, जसले कसैसँग श्रद्धाको पूर्वभुक्तानी माग्दैनन् । मलाई मान अनि मात्र तँलाई फल दिन्छु, शिर झुकाऊ अनि मात्र ज्ञान दिउँला पनि भन्दैनन् । संसारमा पर्वत त धेरै छन् तर हिमालय पर्वत अतुलनीय छ, बुद्ध अतुलनीय छन् । उनले शिर नझुकाऊ भन्दाभन्दै पनि साधकको शिर आफैं स्वत: निहुरहन्छ श्रद्धाले ।
दीप किरण
भगवान् बुद्धको जन्म लुम्बिनीमा भएको थियो । यसमा कुनै शंका छैन, तर बुद्ध नजन्मिएका देशहरू पनि शान्त छन्, सगरमाथा नभएका देशहरूको पनि शिर ठाडो छ । मरुभूमिमा पनि मानिसहरू पानी खान नपाएर मरेका छैनन् । सक्छौ भने बुद्धत्व खोज, बुद्धको जन्मस्थान होइन ।
प्रमोद महता