साप्ताहिक संवाददाता
संसारमा सबैभन्दा बढी हतियार किन्ने देश कुन होला ? यो खुल्दुली सबैमा हुन्छ । इन्टरनेसनल आम्र्स ट्रान्सफर्स नामक संस्थाले जारी गरेको पछिल्लो तथ्यांकअनुसार हाम्रो छिमेकी मुलुक भारत हतियार आयात गर्ने मुलुकहरूको सूचीमा पहिलो स्थानमा छ ।
भारतले सन् २००८ देखि सन् २०१३ सम्म जति हतियार आयात गरेको थियो त्योभन्दा २४ प्रतिशत बढी हतियार सन् २०१३ देखि २०१७ को अवधिमा आयात गरेको छ । हतियार आयात गर्ने मुलुकहरूको यो सूचीमा भारतपछि क्रमश: साउदी अरेबिया, इजिप्ट, युनाइटेड अरब इमिरेट्स, चीन, अस्ट्रेलिया, अल्जेरिया, इराक, पाकिस्तान र इन्डोनेसिया छन् ।
सन् २०१३ देखि २०१७ को अवधिमा भारतले रुससँग ६२ प्रतिशत, अमेरिकासँग १५ प्रतिशत र इजरायलसँग ११ प्रतिशत हतियार किनेको थियो । यो तथ्यांकअनुसार भारत रूस र इजरायलको सबैभन्दा ठूलो हतियार बजार हो ।
उक्त प्रतिवेदनअनुसार पछिल्लो १ दशकमा चीन हतियार आयातक मुलुकबाट निर्यातक मुलुकमा स्तरोन्नतिसमेत भएको छ । हतियार निर्यातमा अहिले चीन, अमेरिका, रूस, फ्रान्स र जर्मनीपछि पाँचौं स्थानमा छ । चीनका हतियारको ठूला ग्राहक पाकिस्तान र बंगलादेश हुन् ।