साप्ताहिक संवाददाता
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा नाटक महोत्सव प्रारम्भ भएको छ । पोखरा गैरापाटनस्थित पोखरा थिएटरको गन्र्धव नाटकघरमा हिजो चैत ८ गते बिहीबार सुरु भएको हो यो महोत्सव चैत १४ गतेसम्म चल्नेछ । महोत्सवमा शुक्रबार थाङ्ला तथा शनिबार र आइतबार एन्टिगोनी नाटक मञ्चन हुनेछ । यसैगरी भर्जिन कथा, नारी शिक्षा, जयगान, सान्नानीको सन्ते राजा, एक चिहान, पानीघट्ट, चाँदीको घेरा, सखी आदि नाटक क्रमश: मञ्चन हुँदै जानेछन् ।
फेस्टिभल अवधिभर हरेक दिन दिउँसो १ बजे तथा साँझ ५ बजे नाटक मञ्चन हुनेछ । विश्व रंगमञ्च दिवसको अवसर पारेर यो नाटक महोत्सवको आयोजना गरिएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका नाट्य विभाग प्रमुख रमेशनन्दन झाले बताए । महोत्सवमा नाट्य क्षेत्रका बारेमा छलफल समेत हुने पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्की बताउँछन् ।