साप्ताहिक संवाददाता
चैत्र ११, २०७४
पछिल्लो समय नेपाली गीतसंगीतमा कालीप्रसाद बास्कोटाको नाम निक्कै चर्चामा छ । नेपाली संगीतका सेलिब्रेटी कालीले दाइ नभन्न आग्रह गरेका छन् । उनको यो आग्रह उनकै स्रोतालाई हो । कालीले यो आग्रह गीत मार्फत गरेका छन् ।
एकतारेको शब्द तथा सुसान्त गौतमको संगीतमा कालीले नयाँ गीत गाएका छन् । ‘दाई नभन्नु ल’ बोलको सार्वजनिक गीत मार्फत नयाँ डान्स गु्रप नेपाली संगीत उद्योगमा भित्रिएको छ ।
गीतमा मन परेकी युवतीले ‘दाइ’ भनेर सम्बोधन गरेपछि युवकको मनमा उब्जिएको पीडा समेटिएको छ । सन्देश जंग राणाको निर्देशन रहेको भिडियोमा सरस्वती श्रेष्ठ र आभाष जोशीले अभिनय गरेका छन् । भिडियोलाई सुरज श्रेष्ठले छायांकन तथा सम्पादन गरेका छन् ।
दाई नभन्नु ल को म्यूजिक भिडियो :