साप्ताहिक संवाददाता
चैत्र १२, २०७४
अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले स्तनमा खोपाएको ट्याटुका बारेमा सार्वजनिक समारोहमा पहिलो पटक मुख खोलेकी छिन् ।
अघिल्लो साता चलचित्र ‘तिमीसँग’ को ट्रेलर सार्वजनिक समारोहलाई सम्बोधन गर्दै साम्राज्ञीले स्तनमा ट्याटु खोपाएको कुरा स्वीकार मात्र गरिनन्, ट्याटुको मात्र तस्बिर खिचिनु पर्नेमा ट्याटु कलाकारले आफ्नो अनुहारसमेत आउने गरी तस्बिर खिचेर सार्वजनिक गर्नु गल्ती भएको बताइन् ।
‘नचाहँदा–नचाहँदै त्यो तस्बिर बाहिर आयो, साम्राज्ञीले भनेकी छिन्– ‘म त्यो कुराका लागि माफी माग्न चाहन्छु ।’
साम्राज्ञीले ट्याटु बनाउनु आफ्नो रहर भएको कुरा बताउँदै थपिन्– ‘ट्याटु आर्टिस्टले मेरो ट्याटुको मात्र तस्बिर खिच्नुपर्ने थियो, तर अरू नै हुन गयो । अब म यो विषयमा थप कुरा गर्न चाहन्न । यो कुरा पुरानो पनि भैसकेको छ ।’