साप्ताहिक संवाददाता
चलचित्र ‘नरसिम्हा’को बैशाखमा राजधानी लगायतका शहरमा च्यारिटी शो हुने भएको छ । रौतहटकी मोनिका बस्नेतले निर्माण गरेको यो चलचित्रको च्यारिटीबाट उठेको रकम समाज सेवामा लगाइने निर्माण पक्षले जनाएको छ । च्यारिटीबाट उठेको रकमको ५० प्रतिशत रकम अपांग, असहाय, अशक्त बालबालिका तथा बृद्धको सहयोगमा खर्चिने निर्माता बस्नेतको भनाई छ ।
यो चलचित्रको दर्शक प्रतिक्रिया बुझेर मात्र अर्को चलचित्र निर्माण गर्ने बताउँदै आइएकी बस्नेतले चलचित्रले लगानी नउठाएपनि समाज सेवामा लगाउने बताएकी छिन् । उनले अब आफू म्यूजिक भिडियो मार्फत अभिनयमा पनि देखिने उल्लेख गरेकी छिन् ।
चलचित्र ‘नरसिम्हा’को प्रदर्शन मिति भने सार्वजनिक भएको छैन् । गजेन्द्र रंजितले निर्देशन गरेको यो चलचित्रमा किशोर खतिवडा, संजय खतिवडा, नम्रता योगी, दुर्गेश थापा, नरेन्द्र के.सी लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।