साप्ताहिक संवाददाता
चैत्र १२, २०७४
डब्लुडिएनवाई सञ्जिव पहिलो पटक गीत लिएर नेपाली सांगीतिक बजारमा आएका छन् । ‘देखेर तिमीलाई’ बोलको सार्वजनिक गीतमा सञ्जिवकै शब्द तथा स्वरमा कमल थापाको संगीत रहेको छ ।
फोटोग्राफर कमल श्रेष्ठले छायांकन, सम्पादन तथा निर्देशन गरेको भिडियोमा दुबईको मारिनाबीच, मरुभूमि र क्लबहरुको दृश्य देख्न सकिन्छ । गीतको म्यूजिक भिडियोमा गायकसँगै मोडल रेबिका थापा मगरले अभिनय गरेका छन् ।
देखेर तिमीलाईको म्यूजिक भिडियो :