चैत्र १३, २०७४
कपिल शर्मा चाँडै सोनी टिभीमार्फत आफ्नो शो ‘फेमली टाइम विद कपिल शर्मा’ लिएर कमव्याक गर्दैछन् । २५ मार्चदेखि प्रसारणमा आउन लागेको उक्त कमेडी शो विगतको तुलनामा थप हेर्न लायक हुने कपिलको दाबी छ । कपिल आफ्नो नयाँ शोलाई लिएर निकै उत्साहित पनि छन् । खबरअनुसार यो शोमा सबैभन्दा पहिले अजय देवगन उपस्थित हुनेछन् । त्यसबाहेक शोका लागि कपिलले नयाँ कलाकारसमेत फेला पारेका छन् । कपिलको शोमा नेहा पेडसे देखिने कुरा पक्का भएको हो ।
यता नेहा पनि कपिलको शोमा काम गर्न पाउँदा निकै खुसी छिन् । उनले भनेकी छिन्, ‘उक्त शोमा मेरो काम के हो पक्का छैन, तर म कपिलको ठूलो प्रशंसक हुँ । पहिल्यैदेखि उहाँसँग कम गर्ने मेरो सपना बल्ल पूरा भएको छ ।’ नेहाले यसअघि केही हिन्दी, तमिल, मलयालम, मराठी तथा तेलुगु चलचित्रमा काम गरिसकेकी छिन् ।