साप्ताहिक संवाददाता
केटीहरूको छोटो पहिरन देख्दा केटाहरूलाई रमाइलो लाग्छ । व्यापारीहरू आफ्नो पेय पदार्थ धेरै बिक्री हुँदा रमाइलो मान्छन् । हामी भारी बोक्नेलाई के गर्मी के जाडो ?
ईश्वर शाही ठकुरी
नुहाउन सजिलो हुन्छ अनि कपडा कम लाग्छ । त्यही रमाइलो हुन्छ ।
साधुराम चौलागाईं
जाडो फिटिक्कै हुँदैन ।
युजल श्रेष्ठ
लस्सी र चिसो पिउन पाइन्छ अनि पौडी खेल्न पाउँदा थप रमाइलो हुन्छ ।
सुरेश
जाडो हँुदैन । त्यही रमाइलो लाग्छ ।
रबिन नेपाल
स्वप्न बगैंचामा केटी साथीसँग बसेर चिसो तथा आइसक्रिम खान पाइन्छ ।
प्रशान्त अर्याल
चिसो पानीमा डुबुल्की मार्दा बेग्लै मज्जा हुन्छ ।
अमर कोन्मे
एसी चलाउन पाइन्छ ।
सुदीप मोक्तान
लामखुट्टे मार्दै समय कटाउन पाइन्छ ।
विवेक
बेलुकी अबेरसम्म उज्यालो भैरहन्छ, बिहान चाँडै घाम लाग्छ ।
रमेश न्यौपाने
बाक्ला लुगा लगाउनु पर्दैन ।
पूजा
खोलामा नुहाउन पाइन्छ ।
धीरेन
गर्मी मौसमको सबैभन्दा रमाइलो पक्ष भनेकै गर्मी हुनु हो । छोटा लुगाको व्यापार बढ्नु हो ।
रमेश अर्याल
आइसक्रिमको मीठो स्वाद लिन पाइन्छ ।
सुषमा दाहाल
दिउँसै मज्जाले सुत्न पाइन्छ ।
निवेश बज्राचार्य
जाडो हुँदैन । त्यही हो रमाइलो ।
रेशम श्रेष्ठ
पौडी खेल्न पाइन्छ । सबैभन्दा रमाइलो त्यही हो ।
उर्मिला थापामगर,
गर्मीमा जाडो हँुदैन । कपडा किन्न धेरै रकम खर्च हुँदैन ।
प्रविन ओझा
फेसन गर्न पाइन्छ ।
एलएक्स चौधरी
खोलामा गएर पौडी खेल्नुको मज्जा बेग्लै हुन्छ ।
गोविन्द पोखरेल
गर्मीमा रूखको छहारीमा बस्दा आनन्द आउँछ ।
उत्तम श्रेष्ठ
गर्मी मौसमको सबैभन्दा रमाइलो पक्ष भनेकै जाडो नहुनु हो ।
सिद्धार्थ
टिसर्ट र हाफ पाइन्ट लगाएर हिँड्न सकिन्छ ।
रोश्नी
गर्मीमा पानी पनि मीठो लाग्छ ।
दीपक मगर
सजिलै नुहाउन सकिन्छ ।
सपना सुब्बा
छोटा पहिरन लगाएर हिँड्ने केटीहरू हेर्न पाइन्छ ।
एचएस घिमिरे
विकिनीमा हिँड्न पाइन्छ ।
अजम्मरी
पातला लुगा लगाउन पाइन्छ ।
कृष्ण गोदार थापा
लामखुट्टेको टोकाइ ।
बस्नेत माइलो
राति एकैछिन सुत्ने बित्तिकै बिहान भैसकेको हुन्छ ।
पंकज
यही नै भन्ने छैन । धेरै रमाइला पक्ष छन् ।
स्वप्निल
मलाई त जाडो नै ठीक लाग्छ । तैपनि गर्मीमा स्वीमिङ खेल्नुको बेग्लै मज्जा हुन्छ ।
पियुष
केही मन पर्दैन आफूलाई त ।
गीत
हामीलाई त यस्तै हो । केटीहरूलाई चाहिँ गर्मी भयो भन्दै केटासाथीहरूलाई आइसक्रिममा पैसा खर्च गराउन मज्जा लाग्छ ।
सिन्धुपाल्चोकी राजा
दिनदिनै चर्को घाम ताप्न पाइन्छ । त्यही हो रमाइलो ।
लक्ष्मण
गर्मीमा चिसो पिउनुको मज्जै बेग्लै छ ।
जवान
सिक्स प्याक देखाउन पाइन्छ ।
अमृतविक्रम बराइली
हलुका पहिरन लगाउन पाइन्छ ।
प्रदीपकेशर लामिछाने