साप्ताहिक संवाददाता
कवि तथा गीतकार अमर बान्तुका ४४ गीत तथा १२ कविता सार्वजनिक भएका छन् । उनका कविता र गीत ‘परिभाषाका राटाहरु’ नाम दिईएको किताव र ‘अमर भावना’ नामक एल्वममा संग्रहित भएर प्रकाशित भएका हुन् ।
उनको सार्वजनिक एल्वममा फूल जस्तै, जिन्दगीको दौडमा, फक्रदै रहरहरु, युगौं भयो, जन्मने रहर, हिड्नु पर्ने, भोजपुरैको बजार, आमा, यति धेरै, ओठमा आईलगायतका १२ गीत समावेश गरिएको छ । राजु सिंह, न्यु बज्राचार्य, शान्तिराम राई, राज सागर, पारस मुकारुङ र मनोज थापाको सङ्गीत समावेश एल्वममा अन्जु पन्त, एड्रिन प्रधान, उदय सोताङ, राजेश पायल राई, राज सागर, स्वरुपराज आचार्य, बानिका प्रधान लगायतका गायक/गायिकाकाको स्वर समावेश छ ।
बरिष्ठ साहित्यकार तथा गायक गणेश रसिकको प्रमुख आतिथ्यमा सम्पन्न कृति बिमोचन समारोहमा एल्बम भित्रका गीतहरुको लाईभ प्रस्तुती गरिएको थियो भने ४ वटा म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।
गीतको म्यूजिक भिडियो :