चैत्र १४, २०७४
चलचित्र ‘प्याडम्यान’ मा अक्षयकी जोडी थिइन्— राधिका आप्टे । तिनै राधिकाले अहिले एउटा रहस्यको खुलासा गरेकी छिन् । राधिकाका अनुसार एउटा तमिल चलचित्रको छायांकनका बेला एउटा डरलाग्दो दुर्घटना भएको थियो ।
उनले उक्त त्रासदीपूर्ण घटनाका बारेमा जानकारी दिँदै भनेकी छिन्, ‘त्यो छायांकनको पहिलो दिन थियो, साउथका एक चर्चित अभिनेता छायांकन स्थलमा आए । म हैरान भए । मैले ती कलाकारसँग पहिले कहिल्यै भेटेकी थिइनँ, तर अचम्मको कुरा उसले मसँग नचाहिँदो हर्कत देखायो ।’
राधिका अहिले आफ्नो एउटा तस्बिरलाई लिएर शोसल मिडियामा ट्रोल बनेकी छिन् । उनले साथीसँग आफ्नो गोवा भ्रमणको तस्बिर इन्टाग्राममा पोस्ट गरेकी थिइन् । उक्त तस्बिरसँगै विभिन्न अनलाइन तथा सामाजिक सञ्जालहरूमा उनको ट्रोल सुरु भएको हो ।