साप्ताहिक संवाददाता
चैत्र १४, २०७४
गत वर्ष फ्लोइड मेवेदर र कोर्नर म्याक ग्रेगरबीच व्यवसायिक बक्सिङका लागि भएको भिडन्त चर्चाको शिखरमा पुग्यो । पुरस्कार राशि र खेलाडीहरूको प्रसिद्धिका कारण उक्त भिडन्त निकै चर्चित थियो ।
अनलिमिटेड फाइट क्लब (युएफसी) का खेलाडी कोर्नर र तीनवटा बक्सिङको विजेता मेवेदर बीच भएको भिडन्तमा कोर्नर पराजित भए । ओक्टागोनभित्र रहेर एमएमए शैलीको बक्सिङ खेल्ने कोर्नरले नियमलाई पछ्याउन नसक्दा धेरै फल खेलेर अंकसमेत गुमाएका थिए ।
उक्त भिडन्तमा मेवेदरले नकआउटका आधारमा जित हात पारे पनि उनको धोको कोर्नरलाई उनको पूर्व खेल एमएमएमा गएर हराउनु नै थियो । कोर्नरलाई उनकै खेलमा हराएर देखाउने इख राखेर मेवेदरले अहिले यो खेल खेल्न पाउने लाइसेन्स लिने योजना बनाएका छन् । लाइसेन्स आएपछि केही महिनाको तयारी गरेर कोर्नरसँगै भिड्ने उनको सुर छ ।