साप्ताहिक संवाददाता
निर्माता : साजिद नाडियाडवाला
निर्देशक : अहमद खान
संगीत : मिथुन, आर्को, प्रावो मुखर्जी, गौरव रोशन, सन्दीप शिरोडकर, दर्शन कुमार ।
कलाकार : टाइगर श्राफ, दिशा पटानी, मनोज बाजपेयी, रणदीप हुड्डा, प्रतीक ।
बहु–प्रतिक्षित बलिउड चलचित्र बागी–२ शुक्रबार सार्वजनिक भयो। चलचित्रको कथा अनुसार एक युवती नेहा (दिशा पटानी) को बच्चाको अपहरण हुन्छ । आफ्नो बच्चा अपहरणमा परेसँगै नेहा तनावमा पर्छिन् । यसै क्रममा उनले आफ्ना पूर्वप्रेमी रोनी (टाइगर श्राफ) लाई सम्झन्छिन् ।
रोनी आर्मी अफिसर हुन् । नेहाले रोनीलाई आफ्नो बच्चा अपहरणमा परेको जानकारी दिँदै उसलाई छुटाउन सहयोग यर्न आग्रह गर्छिन् । नेहाको आग्रह पछि रोनी गोवा पुग्छन् । त्यहाँ रोनीको द्वन्द्व रुसी माफिया तथा लागूऔषध कारोबारीहरूसँग हुन्छ ।
चलचित्रमा देखाइएको आश्चर्यजनक स्टन्ट, माफियालाई पछ्याइएको अनि हवाई आक्रमणका दृश्यले दर्शकलाई रोमान्चित तुल्याउँछन् । यो चलचित्र वागीको सिक्वेल हो, जुन २०१६ मा सावर्जनिक भएको थियो ।