साप्ताहिक संवाददाता
चैत्र १६, २०७४
निर्देशक : गुइलेर्मो डेल टोरो
निर्माता : जे माइल्स डेल
कलाकार : स्याली हवक्निस, माइकल स्यानोन, रिचार्जड जेनकिन्स तथा डोग जोन्स ।
हलिउड चलचित्र द सेप अफ वाटर आजदेखि विश्वभर एक साथ सार्वजनिक प्रदर्शनमा आउँदैछ । १ घण्टा २३ मिनेट लामो यो चलचित्र फेन्टासी वर्गको चलचित्र हो । यो चलचित्रको कथा उच्च सुरक्षाप्राप्त प्रयोगशालामा रहेका एक संरक्षकमा आधारित छ ।
चलचित्र द सेप अफ वाटर सन् २०१८ को ओस्कार एवार्डमा उत्कृष्ट चलचित्रको विधामा सम्मानित भैसकेको छ । ओस्कार एवार्ड जितेकै कारण यो चलचित्रलाई बहुप्रतिक्षित मानिएको छ । अमेरिकन फिल्म इन्स्टिच्युट एवार्ड–२०१७ को मनोनयनमा समेत परेको यो चलचित्रको निर्माण २०१७ मै सम्पन्न गरिएको थियो ।