साप्ताहिक संवाददाता
चैत्र १६, २०७४
एड्रियन प्रधान
आज शुक्रबार गायक एड्रियन प्रधानले क्लब डेजाभुमा प्रस्तुति दिँदैछन् । यो लाइभ कन्सर्टमा अन्य कलाकारहरूले प्रधानलाई साथ दिने बताइएको छ ।
स्थान : क्लब डेजाभु,दरबारमार्ग
समय : ७:३० बजे
क्लाउड नाइनमा
लाइभ म्युजिकको रमाइलो
छैठौँ तलामा बसेर पोखरा वरिपरिका डाँडाकाँडा हेर्दै रमाउने अवसर क्लाउड नाइन रेस्टुराँ एन्ड बारले जुराएको छ । चिप्लेढुङ्गास्थित सेलवेज टावरमा रहेको यो रेस्टुराँमा हरेक शुक्रबार र शनिबार स्थानीय ब्यान्डहरूले वातावरण तताउँछन् । ती ब्यान्डले नेपाली, हिन्दी तथा अंग्रेजी गीत सुनाउँदै ग्राहकहरूलाई मनोरञ्जन प्रदान गर्छन् ।
स्थान : सेलवेज टावर, चिप्लेढुङ्गा, पोखरा
परिकार : चाइनिज, कन्टिनेन्टल, जापानीज, थाई, अर्गानिक कफी, हुक्का, सिसाका साथै विभिन्न ब्राण्डका मदिरा ।