साप्ताहिक संवाददाता
चैत्र १६, २०७४
अभिनेता बिपिन कार्की अभिनीत चलचित्र ‘हरि’ को ट्रेलर सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको उक्त ट्रेलरमा अभिनेता बिपिन कार्की भिन्न रूपमा प्रस्तुत भएका छन् ।
ट्रेलरसँगै हरिको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । सफल केसी र प्रतीक गुरुङको संयुक्त लेखन एवं निर्देशनमा तयार पारिएको हरि आउँदो जेठ ४ गते प्रदर्शनमा आउने बताइएको छ ।
चलचित्रमा विपिनसँगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणी नेपाल, थिन्ले लोह्मो, लक्ष्मी बर्देवा आदि कलाकारले अभिनय गरेका छन् ।
‘हरि’ को ट्रेलर: