साप्ताहिक संवाददाता
चैत्र १६, २०७४
चलचित्र लिलिबिलीको तेस्रो गीत सार्वजनिक भएको छ । हावासरि शीर्षकको उक्त गीत टर्कीको स्तानबुलमा खिचिएको हो । गीतमा अभिनेता प्रदीप खड्का तथा अभिनेत्री प्रियंका कार्कीले अभिनय गरेका छन् । प्रदीप र प्रियंकाको केमेस्ट्रीसँगै स्तानाबुलको दृश्य यो गीतको मुख्य आकर्षण हो ।
गीतमा एसडी योगी र मेनुका पौडेलको स्वर सुन्न सकिन्छ भने त्यसमा दीपेन्द्र घिमिरेको शब्दमा गायक योगीले नै संगीत भरेका छन् । मिलन चाम्स निर्देशित चलचित्र लिलिबिली चैत ३० गते सार्वजनिक प्रदर्शनमा आउनेछ ।
हावासरि गीतको भिडियो :