साप्ताहिक संवाददाता
चैत्र १७, २०७४
पोखराको पप ब्यान्ड लेकालीले अप्रिल महिनाको पहिलो दिन अर्थात् आगामी आइतबार हङकङमा प्रस्तुति दिँदैछ ।
लेकाली ब्यान्डका सदस्य नवीन गुरुङ, सचिन पुन, विशाल गुरुङ, कुन्दन गुरुङ, विनोद गुरुङ तथा गुप्ता गुरुङ उक्त कन्सर्टमा सहभागी हुँदैछन् । दीप गाइज हङकङद्वारा प्रस्तुत यो कार्यक्रममा लाइभ म्युजिकका साथ धन गुरुङ, अमित गुरुङ, अनिल गुरुङ तथा यान्के शेर्पाको प्रस्तुति थप आकर्षणका रूपमा रहनेछ ।
स्थान : फुलुम फिसरमेन्स वार्फ रेस्टुराँ, जोर्डन रोड, हङकङ
समय : बेलुका ८ बजे