साप्ताहिक संवाददाता
‘फेश अफ मारवाडी’ नामक सौन्दर्य प्रतियोगीताको ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । गतसाता राजधानीमा सम्मपन्न यो प्रतियोगीता मारवाडी समुदायका व्यक्तिहरुको व्यक्तित्व, प्रतिभा तथा बौद्धिकता मुल्यांकनका लागि गरिदै आएको छ ।
फेश अफ मारवाडी अन्तर्गत मिस, मिष्टर तथा मिसेस् विधा अन्तर्गतका सहभागिहरुले ट्यालेन्ट राउन्डमा सहभागीता जनाएका थिए । ट्यालेन्ट राउन्ड अन्तर्गत अधिकांश मिस तथा मिसेस् प्रतियोगिहरुले सन्देश मूलक नृत्य प्रस्तुत गरेका थिए । सहभागीहरुले नृत्य मार्फत महिला अधिकार, महिला हिंसा, महिला शिक्षा लगायत महिला चेली सम्बन्धीत सन्देश मूलक विषय प्रस्तुत गरेका थिए ।
ट्यालेन्ट राउन्डकै क्रममा साडी ड्रेपिङ शैली, कुकिङ कला, वक्तृत्व कला, गायन, अभिनय तथा कविता वाचन समेत थियो ।
मिष्टर तर्फका सहभागिहरुको प्रतिभा भने अभिनय, नृत्य, गायन, वक्तृत्व कलामा देखिएको थियो । प्रतियोगीताको पूर्व मिस नेपाल एवं प्रतियोगिताका कोरियोग्राफर उषा खड्गी, कोरियोग्राफर एव। संचारकर्मी रोजिन शाक्य, ब्युटिसियन रुस्का वैद्य तथा गायिका एवं संचारकर्मी नट्टु शाह निर्णायकका रुपमा रहेका थिए ।
पेज थ्री हुट् कुचरको आयोजना तथा ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि।ई।इ को व्यवस्थापनामा संचालन हुने ‘फेश अफ मारवाडी’को ग्राण्ड फिनाले आउँदो चैत्र २५ गते होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न हुनेछ ।