साप्ताहिक संवाददाता
@mankoaawaj
कसैलाई पनि यति धेरै विश्वास नगर्नुस् कि तपाईंको जीवन नै अप्रिल फूल बनोस् ।
@koshisojha
सबैभन्दा बच्नु पर्ने भनेकै मिडियासँग हो । नेपाली मिडियाहरू अप्रिल फूल मनाउन अभ्यस्त भैसकेका छन् ।
@sandeshsigdel8
हेल्लो नेताज्यू चुनाव हो क्या, अप्रिल फूल होइन । कति झुट बोल्या भनेको ?
@AadityaDhungel1
न घर छ, न स्कुल छ, न पानी छ, न मूल छ । हरेक दिन नेपालमा अप्रिल फूल छ । तैपनि नेपाली हेर कति कुल छ । मान्छेको त कुरै नगर यहाँ, भैंसीलाई समेत झुल छ ।
@ranjitkar_uttam
आखिर सलमान खानले पनि अप्रिल फूल बनाइ दिए नेपालीहरूलाई ।
@hypersubas
यो पर्पोज डे त फेबु्रअरीमा भन्दा नि अप्रिल १ मा हुनुपर्ने, मानि भने मानि हाली, मानिन भने– दिदी अप्रिल फूल ।
@SpandanHTT
एउटीलाई रानी बनाएर राख्छु भनेको के थें, अप्रिल फूल बनाउन कोही भेटिनस् भनेर ६ नम्बरको चप्पलले ९ नम्बरको छाप बसाइ दि । सच्चाइको त जमानै रहेन भन्या †
@ajayRAI_
कृपया विवाहित पुरुषहरूलाई अप्रिल फूल नबनाउनु होला । उनीहरू पहिलेदेखि नै ससुरालीबाट पीडित छन्– जनहितमा जारी ।
@Preciouskarki11
कसैको जीवनमै असर पर्ने गरी झुट नबोलौं– अप्रिल फूलको अग्रिम शुभकामना ।
@tapan_gm
अप्रिल फूल मनाउन अरूलाई हदैसम्म दु:ख नदिउँm । दिल दुखाउने काम जाति होइन, चाहे आफ्नो होस् वा पराईको । संयमित बनौं, बनाउँ ।
@g_unlucky
फ्री वाइफाई अनि घर–घरमा ग्यासका पाइप पुर्याउँछौं भनी ३ सय ६४ दिन नै अप्रिल फूल बनाई रा’छन् । आज एक दिन साथीभाइले बनाए पत्याइ दिए जस्तो गरुम् न त ।
@mahara_r
हैट, अप्रिल फूल मनाउनुको पनि हद हुन्छ नि यार । बिहान–बिहानै फोन गरेर मेरो पेटमा तिम्रो बच्चा छ रे ।
@sigdelumesh
यो अप्रिल फूलको महत्व कसैले बुझाइदिनुस् न प्लिज । तेरो घरको फलानो सदस्यलाई नीलो टिपरले हान्यो, तुरुन्तै हस्पिटल आइज भन्नु अप्रिल फूल हो ?
@HatefulPrince
आज रुम सर्नु परो...भरे आउँछु है भनेर नयाँ घरधनीलाई कल गरेको, अप्रिल फूल हो कि साँच्चै भनेर पत्याउनै मानेन । सम्झाउँदाको सास्ती ।
@abhashadhikari
अप्रिल फूल त हाम्रा बाले मनाउँथे । बाबु कुनै केटी मन पर्या छ भने भन, म कुरा गर्दिन्छु भने । आफू सोझो मान्छे नाम भन्देको त बुढाले रामधुलाई दिए, नपढी केटी घुमाउँछस् भन्दै ।
@abhashadhikari
कांग्रेसले समाजवादमा झुक्यायो । एमालेको जवज र माओवादीको जनमुक्ति पनि देखियो । अप्रिल फूल उहिल्यै देखि छ हामीकहाँ ।
@khadkanirmal1
लामखुट्टे आयो, चाहियो झुल । बेला न कुबेला, के–को अप्रिल फूल ?
@SujuSuj73555040
इमान्दारहरूका लागि मात्र हो अप्रिल १ को अप्रिल फूल । गफाडीहरूका लागि सधैं अप्रिल फूलै अप्रिल फूल ।
@prathikashya
अरूलाई अप्रिल फूल बनाउन फोन गरी झुटा कुरा सुनाइ सबैलाई दु:ख दिँदै हिँडेको रामे घरमा फोन गर्दा बूढी पोइल गएको खबरले आफैं अप्रिल फूल हुन्छ– लघुकथा ।
@suryaoli9
अप्रिल फूलमा पनि चुप लागेर बसियो आफू । मूर्खै–मूर्ख भएको देशमा खै कसलाई मूर्ख बनाउनु ? हाम्रा नेताहरूले वर्षमा ३ सय ६५ दिनै अप्रिल फूल मनाउँछन् ।